खगराज भट्ट जसलाई ‘अब माओवादीमा बस्न मन छैन्’

57

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टलाई अब पार्टीमा बस्न रुचि छैन् । बारम्बार पार्टीका अध्यक्ष प्रचण्डले आफुलाई अपमानीत गरेको भन्दै उनले पार्टी परित्याग गर्ने मन बनाएको उनि निकटको भनाई छ ।

 

हालै काठमाडौँमा सम्पन्न माओवादी स्थायी समिति बैठक बहिस्कार गरेका उनी पार्टीका स्थायी समिति सदस्य हुन् । आफूलाई माओवादी संसदीय दलको नेता र पार्टीको ठोस जिम्मेवारीबाट हटाएपछि उनी अहिले पार्टी छोड्नेसम्मको योजनामा पुगेका स्रोतको भनाई छ ।

 

बुधवार स्थायी समिति बैठकले पदाधिकारीबाट इन्चार्ज तोक्दा भट्टलाई सहइञ्चार्जको जिम्मेवारी दिने उनको अपेक्षा थियो । तर, इन्चार्जको जिम्मेवारी उपमहासचिव गिरिराजमणि पोखरेल र सह–इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य बिना मगरलाई दिइयो । बिना पार्टी अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।

 

‘सुदूरपश्चिमको क्षेत्रमा पार्टी सिद्ध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ,’ भट्टले बुधबार सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् । माघ १२ गते संसदीय दलको नेताबाट हटाइएका भट्टले आफू हुँदा हुँदै जुनिअरलाई सह इन्चार्ज बनाएपछि पार्टी छोड्ने मनस्थितिमा पुगेका उनी निकट नेताहरू बताए ।
नेकपा हुँदा भट्ट नेकपा एमाले शीर्ष नेतासँग पनि निकट थिए । भट्टको इमानदारिता र क्षमताको कदर गर्ने भन्दै उनलाई एमालेमा आउन आग्रह गरेपनि उनी पर्ख र हेरको अवस्था रहेको निकटको भनाई छ ।