काठमाडौं । छ जिल्लामा सकियो नेकपा एमाले जिल्ला अधिवेशन सकिएको छ । एमाले केन्द्रिय सचिवालयले जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न परिपत्र गरेको छ। जसअनुसार अहिले धमाधम जिल्ला अधिवेशन भइरहेका छन्। एमालेको दार्चुला, मुगु, दोलखा, महोत्तरी, रौतहट, दोलखा, बाजुरा, म्याग्दी जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन्। मुगुमा विवाद भएर संगठन विभागले मिलाउने कार्य गरिरहेको छ। दोलखा, महोत्तरी, रौटहटमा चुनावमार्फत् नेतृत्व चयन भइसकेको छ।
धादिङमा निर्वाचन जारी
धादिङमा निर्वाचन जारी छ। विवादपछि रोकिएको एमाले धादिङ जिल्ला अधिवेशन बिहीबार मतदान भइरहेको छ। बिहान साढे सात बजेबाट मतदान सुरू भएको हो। इलेक्ट्रोनिक भोटिङमार्फत् मतदान भइरहेको र दुई बजेसम्म मत हाल्ने समय रहेको एमाले धादिङले बताएको छ। ११२ पदका लागि निर्वाचन भइरहेको हो। ५५ जना सदस्य निर्विरोध भइसकेको एमाले धादिङले जनाएको छ।
आगामी नेतृत्वका लागि निवर्तमान अध्यक्ष भूमि त्रिपाठी र प्रदेश कमिटी सदस्य रामकुमार अधिकारी समूह बनाएरै मैदानमा उत्रिएका छन्। एमाले धादिङको नवौं अधिवेशन फागुन २१ गतेबाट सुरू भएको थियो। तर, फागुन २२ गते अध्यक्ष मण्डल र प्रतिनिधि मनोनीतमा विवाद भएको थियो।