दिनको कति चिनी खानु पर्दछ ?

16

काठमाडौँ । चिनीको सेवन सिमित मात्रामा मात्र गर्नु राम्रो हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । चिनीको प्रयोग कम गर्दा स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ, त्यसैले यसलाई मात्रा मिलाएर सेवन गर्नुपर्छ जुन शरीरको संरचना र उमेर अनुसार फाइदाजनक हुन्छ। चिनीमा भएको कार्बोहाइड्रेट शरीरमा जम्मा हुन्छ । अनि शरीरमा खराब कोलेस्ट्रोल बढाउने, रगतमा ग्लुकोज बढाउने गर्छ । चिनी तथा गुलियो खानेकुरा खाँदा हाम्रो मस्तिष्कले खुसी हुने हर्मन उत्पादन गर्छ ।गुलियो धेरै खाँदा मोटोपन, मधुमेह र कोलेस्ट्रोलको समस्या निम्तिन सक्छ ।

हामी दैनिक कति चिनीजन्य खानेकुरा खाइरहेका हुन्छौँ ?
एक चम्चा चिनीमा करिब १५ ग्राम कार्बोहाइड्रेट र ६० क्यालोरी हुन्छ । त्यसैले कुनै व्यक्तिले दिनमा दुई कप चिया खान्छन् भने १२० क्यालोरी प्राप्त गर्छ । शरीरलाई दैनिक १६ सयदेखि १८ सय क्यालोरी चाहिन्छ ।जुन हामीले दैनिक खाने भात, आलु र फलफूलबाट प्राप्त गरिरहेका हुन्छौँ । हामीले कार्बोहाइड्रेट अन्य स्रोत बाहेक सामान्यतया पनि दैनिक १० देखि १५ ग्राम चिनीजन्य खानेकुरा सेवन गरिरहेका हुन्छौँ । यसको अर्थ हामीले शरीरलाई चाहिने भन्दा धेरै कार्बोहाइड्रेट सेवन गरिरहेका छौँ।