पूर्वराजा ज्ञानेन्द्रले राजनीति सक्रियता शुरू गरे, एक महिना देश दौडाहामा

43

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति सक्रियता शुरू गरेका छन् । मंसिर ९ गते झापाको बिर्तामोडस्थित इकम कलेजमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरणपछि शाहले राजनीति सक्रियता शुरू गरेका हुन् ।यही आइतबार पूर्वरानी कोमल, छोरी प्रेरणा र धीरेन्द्रपुत्री दिलासासहित भैरहवाको होटल सिद्धार्थ पुगेका पूर्वराजा शाह स्वर्गीय राजा वीरेन्द्रको जन्मोत्सवको दिनदेखि नागरिक अभिनन्दन र पूजापाठमा व्यस्त हुनेछन् । स्रोतका अनुसार यही १४ गते चन्द्रौटा र १५ गते नवलपरासीका जनताको तर्फबाट आयोजना हुने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम रहेको छ। भैरहवामा नागरिक अभिनन्दन हुनुअघि उनी पाल्पा भगवती र अर्घाखाँचीको सुपा देउराली भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ । नेपाल समाचारपत्रबाट साभार