आज ७३४ जनामा कोरोना संक्रमण

65

असोज ३,
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयका अनुसार १४१३ जना संक्रमणमुक्त भएका हुन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९८६ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ४९ हजार ३१३ जना संक्रमणमुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ ।