जनयुद्ध दिवस मनाउने निर्णय एमाले सरकारमा हुँदै भएको हो : पुन

85
sf7df8f}F, !& h]7M k|ltlglw;ef a}7sdf g]tf k'gk|ltlglw;efsf] dªunaf/ a;]sf] ah]6;DaGwL 5nkmndf dGtJo /fVb} g]skf-dfcf]jfbL s]Gb|_sf g]tf Pj+ k"j{ cy{dGqL jiff{dfg k'g . tl:a/M rGb|snf If]qL÷/f;;

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले सरकारमा भएको बेलामा नै फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउने निर्णय भएको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले एमाले सरकारमा रहको बेलामा नै जनयुद्ध दिवस मनाउने निर्णय भएको बताएका हुन्। ‘पूर्ववक्ता माननीयज्यूले फागुन १ गतेलाई दिवसको रुपमा मनाउन नहुने भन्नुभयो तर उहाँ उपप्रधानमन्त्री भएका वेला माघ १९ गते यो दिवस मनाउने निर्णय भएको हो’ ,उनले भने। एमाले उपाध्यक्ष विष्णु पौडेलले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउन संसद्‌बाट प्रस्ताव पारित गर्न सरकारलाई चुनौती दिएका थिए। उनले फागुन १ गते कुनै पनि हालतमा उत्सव हुन नसक्ने टिप्पणी गरेका थिए।