Sunday, September 27, 2026
Home राजनीति प्रधानमन्त्री ओली उपचारका लागि बिहिबार पुनः सिंगापुर जाँदै

प्रधानमन्त्री ओली उपचारका लागि बिहिबार पुनः सिंगापुर जाँदै

79
फाइल तस्बिर

भदौ ३,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार पुनः सिंगापुर जाने भएका छन्।प्रधानमन्त्री ओली थाई एयरबाट बिहीबार दिउसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको बताइएको छ।

यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका सिंगापुर गई एक साताको उपचारपछि स्वदेश फर्किएका थिए। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको क्रियाटिनिनको मात्रा अझै घट्न नसकेको कारण समस्या भइरहेको छ।

स्वास्थ्य उपचार गरी फर्किएको दुई दिनपछि ज्वरो आएपछि उनले दिनभर आराम गरेका थिए। सो समयमै उनी भदौ ४ वा ५ गते उपचारका लागि पुनः सिंगापुर जाने हल्ला चलेको थियो। प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ।