Saturday, October 3, 2026
Home अन्तर्राष्ट्रिय जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ जना घाइते

जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ जना घाइते

107

पश्चिम जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ जना घाइते भएका छन् । जापानको नारा प्रिफेक्चरमा बुधबार प्राथमिक तहका विद्यार्थी बोकेको बस र ट्रक ठोक्किँदा बालबालिका सामान्य घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । प्रहरीका अनुसार ३४ जना बालबालिका बाकेको बस काशिहराको राष्ट्रिय राजमार्ग चोकमा स्थानीय सम अनुसार बिहान ८ः५५मा ठोक्किएको थियो।​तिनीहरूमध्ये १८ जनालाई शारीरिक पीडा भए पनि सामान्य चोटपटक भएकाले ज्यान जोखिममा नरहेको स्थानीय दमकल विभागले जनाएको छ । बसमा भएका शिक्षक, चालक तथा सहचालक स्वस्थ रहेको बताइएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको काशिहरा प्रहरी चौकीले बताएको छ ।