नेपाली खेलाडीको आक्रामक बलिङ

60

काठमाडौं : नेपाल र हङकङबीचको खेल जारी छ। त्रिकोणात्मक सिरिज अन्तर्गत आजको खेलमा टस जितेर पहिला बलिङ गरिरहेको नेपालले ९५ रनको सामान्य लक्ष्य पाएको छ। नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको हो। हङकङका लागि यासिम मुर्तजाले सर्वाधिक ३६ रन बनाएका छन्। जिशान अलीले १७ रन जोड्नुबाहेक हङकङमा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। यस्तै सोमपाल कामी र अविनाश बोहराले २-२ विकेट लिएका थिए। कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।