काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरूलाई हल्लाउने प्रयास भइरहेको बताएका छन् । आज नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण बिभागले भक्तपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरूले नै गरेका कतिपय काम र निर्णयमा टेकेर संविधान हल्लाउने प्रयास भइरहेको बताए ।