जर्मन होम्सद्धारा मानव कल्याण समाजलाई ५० हजार सहयोग

69

भक्तपुर । जर्मन होम्स हस्पिटालिटीले जर्मन होम्सको दोस्रो वार्षिकोत्सवको अवसरमा मानव कल्याण समाजलाई सहयोग गरेको छ । जर्मन होम्सको दोस्रो वार्षिकोत्सवको अवसरमा नारायणगोपाल स्मृति साँझ च्यारिटी शो आयोजना गरी मानव कल्याण समाजलाई सहयोग गरेको हो । जर्मन होम्स हस्पिटालिटीका सञ्चालक रामशरण तिमल्सिनाका अनुसार, कार्यक्रमका अवसरमा मानव कल्याण समाज झौखेललाई रु. ५० हजार सहयोग गरिएको हो । बेसहारा, असाहाय सडक मानवको संरक्षण गर्दै आएको मानव कल्याण समाजलाई च्यारिटी शो मार्फत सहयोग गरेको तिमिल्सिनाको भनाई छ ।

मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंका अनुसार, सोहि कार्यक्रममा बिभिन्न व्यक्तिहरुले करिव १७ हजार रुपैयाँ थप सहयोग गरेका थिए । कार्यक्रममा विष्णु नेपाली, सुरज थापा, रागमणी व्याण्ड लगायत विभिन्न गायक गायिकाहरुले स्वर सम्राट नारायण गोपाल गुर्वाचार्यका कालजयी गितहरु ‘केही मिठो वात गर’, ‘यति चोखो यति मिठो’, ‘अल्झेछ क्यार पछ्यौरी तिम्रो चियाको बोटमा’, लगायत करिव एक दर्जन कालजयी गीत गाउनु भएको थियो ।

सोही अवसरमा जनप्रेमी वल्र्ड स्कुल कौशलटारका प्रिन्सिपल एवम् प्याव्सन मध्यपुर थिमिका अध्यक्ष निलेश आचार्यले १० हजार, वेदिक स्कुल बालकोटले दुई सय ५० थान टिसर्ट र नगद ५ हजार ५ सय सहयोग गर्नु भएको थियो ।