काठमाडौं : संघीय संसद अन्तरगत प्रतिनिधिसभामा आज विद्यालय शिक्षा विधेयकमाथि उठेका प्रश्नको शिक्षामन्त्रीले जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। विधेयकमाथि शुक्रबार सैद्धान्तिक छलफल भएको थियो। सांसदले सरोकारवालाको चासो र अहिलेका आवश्यकतालाई ध्यानमा राखेर विधेयक संशोधन गर्नुपर्ने सुझाब दिएका थिए। यस्तै आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 













