शिक्षा विधेयक पुनर्लेखन गर्नु आवश्यक छ : गोकुल बास्कोटा

68

काठमाडौं : सांसद गोकुलप्रसाद बास्कोटाले विद्यालय शिक्षा विधेयक पुनर्लेखन गर्नुपर्ने आवश्यक रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा शिक्षा विधेयमाथिको सैद्धान्तिक छलफलमा उनले यस्तो माग गरेका हुन्। उनले अहिलेको यो प्रस्तावित शिक्षा विधेयकले गुणस्तरीय र विद्यार्थीहरू आफैँ पढेर बाँच्न सक्छु भन्ने आधार नबनाएको बताए। उनले सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरूले नै विश्वास जित्न नसकेका कारण अहिले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको पनि बताए। ‘शिक्षा विधेयक एउटा, सम्झौता अर्को,हामी नेपाललाई जापान,सिंगापुर बनाउँछु भनेर गफ दिन्छौँ,यो हुँदैन, त्यसैले एउटा कोशे ढुंगा सावित गर्ने शिक्षा ऐन ल्याऔँ,यो विधेयकको पुनर्लेखनको आवश्यकता छ,’उनले भने।