संसदमा रघुजीको कविता

84
sf7df8fF}, !( c;f]hM k|ltlglw;ef a}7sdf ;f+;b kGt k|ltlglw;efsf] z'qmaf/sf] a}7sdf lzIff ljw]osdfly wf/0ff /fVb} ;f+;b /3'hL kGt . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं : नेकपा एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महंगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यसपालीको दशैँ मनाउँछन् ? भन्दै सरकारलाई प्रश्न गरेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गरेका हुन्। उनले चाडपर्व नजिकिएसँगै जनताले दशैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको भन्दै महँगी नियन्त्रण गर्न माग गरे।

यस्तो थियो उनको कविता

खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार
रहर दाल किलोको २५०
बजार भाउ सुन्दा गुम्छ होस् हवस्
तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ
गोलभेँडाले के किन्लास् भनेर आँखा तर्छ
दशैँ पेस्की आउने कहिले कहिले पेस्कीमा महंगी आयो
सरकारका घर त ,उज्याला होलान्​ नहुनेका घरमा अहिले अँध्यारो छायो
आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ सरकार, गरिबको दशैं यसपाली कसरी टर्छ?
मेरो प्रश्न छ जवाफ देउ सरकार जनताको दशैं यसपाली कसरी टर्छ।