‘डाक्टर कुट्नेप्रति सहानुभूति हुँदैन’

102

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टरमाथि कुटपिट गर्ने र स्वास्थ्य संस्था तोडफोड गर्ने व्यक्तिले उन्मुक्ति नपाउने बताएका छन् । स्वास्थ्य संस्थाप्रति जनताको विश्वास जगाउन र चिकित्सकको मनोबल बढाउन डाक्टर कुट्ने र स्वास्थ्य संस्था तोडफोड गर्ने व्यक्तिलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने उनको भनाइ छ ।

शनिबार गोरखा अस्पतालको शनिबार निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले डाक्टरमाथि कुटपिट गर्ने व्यक्ति आफ्नै पार्टीका कार्यकर्ता भए पनि सहानुभूति नरहने जिकिर गरे । ‘अस्पतालमा भएका घटनामा संलग्नका बारेमा जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस्, चाहे अरु कसैको होस्, त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभूति, सद्भाव केही पनि रहँदैन’, मुख्यमन्त्री पाण्डेले भने, ‘त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनैपर्छ ।’