माइतीघरमा स्वास्थ्यकर्मीको आक्रामक आन्दोलन

66

काठमाडौं : पछिल्लो समय हेटौंडा‚ लमजुङ‚ पोखराका लगायतका स्वास्थ्य संस्थाहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनालाई लिएर आज पनि चिकित्सकहरुले माइतीघर मण्डलामा आन्दोलन गरेका छन्। विशेषगरी आवासीय चिकित्सकहरुले स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति नै बनाएर आन्दोलनको नेतृत्व गरिरहेका छन्। ‘ डाक्टर न्याय कुर्दै छ सिंहदबार घुर्दै छ’ जस्ता नारा लगाएर आन्दोलन गरिरहेका छन्। शनिबार भएको आन्दोलनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)‚ त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)‚ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका सरकारी कलेज तथा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजका आवासीय चिकित्सकहरू र काठमाडौं बाहिर पोखरा, चितवनन धरानलगायत स्थानमा रहेका मेडिकल कलेजका आवसिय चिकित्सकहरु रहेका छन भने केही सिनियर चिकित्सकहरुले स्वत स्फूर्त आन्दोलनमा सहभागी जनाएका छन्।

चिकित्सकमाथि बारम्बार हुने आक्रमण हामीलाई मान्य हुँदैन। आक्रमणकारीमाथि कारबाही नहुँदासम्म हामी आन्दोलन नरोक्ने भन्दै चिकित्सकहरुले लगातार पाँच दिन देखि माइतिघर केन्द्रित आन्दोलन गरिरहेका छन्। स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन्। शनिवार माइतिघरमा भएको आन्दोलनमा चिकित्सक संघको साझा संगठन नेपाल चिकित्सक संघका कुनै पनि प्रतिनिधी समहभागी भएका छैनन। यस्तै उनीहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पटक पटक कुटिनुका कारण पहिचान गरी निराकरण गर्न उच्चस्तरीय समिति गठन गर्ने र सो समितिले बुझाएका सुझाव पालना गर्न प्रतिबद्धता दिलाउनुपर्ने, अस्पतालभित्र स्वास्थ्य सुरक्षा प्रहरीबलको तत्काल व्यवस्था गर्नुपर्ने, अस्पताल प्रमुख नजिकैको प्रहरी कार्यालय प्रमुख, उपभोक्ताको प्रतिनिधि र कानूनी अधिकारी सहितको समन्वयन समिति गठन गर्ने र सो समितिले नियमित कार्य गर्न सुनिश्चितता गर्नुपर्ने माग राखेका छन्।