दशैंलाई नयाँ नोट साट्न कहिले पाइन्छ थाहा छ ?

69

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं सुरु हुनुभन्दा तीन दिन अघिबाट नयाँ नोट साट्ने सर्वसाधारणलाई दिने तयारी गरेको छ । जस अनुसारअसोज २५ देखि दशैंलाई नयाँ नोट साट्न पाइने भएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँको १/१ गड्डी गरि १८ हजार ५०० रुपैयाँ बराबरको मात्र सटही गर्न पाइनेछ । राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले यही असोज अन्तिम साता ९घटस्थापना आसपास० देखि सूचना नै जारी गरेर सर्वसाधारणलाई नयाँ नोट सटही गरिने जानकारी दिएको छ ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै यस वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्यूआर कोडबाट समेत भुक्तानी गर्न सक्नेछन् । दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् ।