कविताः मलाई देश छोड्न मन थिएन

91

–हेमराज ढकाल ‘सुमन’

मलाई देश छोड्न मन थिएन
आमा’को त्यो मैलो फाटेको चोली
बा‘को थोत्रो लाछिएको कमिज देखेर
विदेश जाउँ–जाउँ लाग्छ आजभोली ।

मलाई देश छोड्न मन थिएन
श्रीमतीको बुच्चो कान र खाली गला
छोराछोरीको भोको पेट भर्न नसक्दा
सम्झन्छु मध्यरातमा भविष्य के होला ?

मलाई देश छोडन् मन थिएन
पौरख गरु यहाँ बसौं भन्दा–भन्दै
समयमा मल, बिउ अनि भाउ नपाएपछि
दिन अनि रात बिते यसरी औला गन्दा–गन्दै ।

मलाई देश छोड्न मन थिएन
ऋणको भारीले मेरो थाप्लो थिचिदाँ
भोको पेटले सबै आर्दश बिर्सदा
हो मैले स्वाभिन भुले, केटाकेटीको भविष्य सम्झदा ।।

जन्मथलो: काभ्रे, कर्मथलोः भक्तपुर ।