राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति

143

काठमाडौ । सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई जिल्ला अदालत, काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई बुधबार पक्राउ गरेको थियो । उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो । प्रहरीले १० दिन समय मागेको थियो । तर अदालतले ५ दिन दिएको छ ।