सिटिइभिटीको प्रवेश परिक्षामा २६ हजारबढी बिद्यार्थी सहभागी

93

भक्तपुर । आज शनिबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीले दुई साताअघि निर्धारित प्रवेश परिक्षा सञ्चालन गरेको छ । १५ हजार छ सय सिटका लागि ३१ हजार ३ सय ४७ विद्यार्थीले फारम भरेकामा ८५ प्रतिशत अर्थात २६ हजार छ सयबढी विद्यार्थी परिक्षामा सहभागि भएका छन् । प्रवेश परिक्षाका लागि चिकित्सा शिक्षा आयोगबाट कोटा निर्धारण भई आएका स्वास्थ्य तर्पmका नर्सिङ, हेल्थ अशिष्टेण्ट(एच.ए.) र फार्मेसी लगायतका विषय पढ्ने बिद्यार्थी सहभागि भएका छन् ।

त्यसैगरी सिटिइभिटीको परिक्षा नियन्त्रण कार्यालयबाट तोकिएको मापदण्ड अनुसार बाँकी आठ विषयको प्रवेश परिक्षा सञ्चालन गरिएको हो । शनिवार बिहान ४२ जिल्लाका ८३ वटा केन्द्रमा शान्तिपुर्ण र मर्यादित रुपमा परिक्षा सम्पन्न भएको परिक्षा नियन्त्रक प्रमोद भक्त आचार्यले बताए । परिक्षा नियन्त्रक आचार्यका अनुसार, परिक्षाफल एक सातामा प्रकाशित गर्ने गरी गृहकार्य अघि बढाइएको छ ।

परिक्षा नियन्त्रक प्रमोद भक्त आचार्य

सिटिइभिटीले हरेका वर्ष दलित, मुस्लिम, बिपन्न र सिमान्तकृत समुदायका छात्रछात्रहरुलाई निःशुल्क प्राविधिक शिक्षा अध्ययन गराउँदै आएको छ ।यस वष पनि निःशुल्क प्राविधिक शिक्षा अध्ययनका लागि सो सामुदायका प्रि–डिप्लोमा तहमा १२० जना र डिप्लोमा/प्रमाणपत्र तहमा २८० जनालाई प्राविधिक शिक्षामा विशेष छात्रबृत्ति सहित निःशुल्क प्राविधिक शिक्षा अध्ययन गराउने सिटिइभिटीले जनाएको छ ।

बिपन्न र सिमान्तिकृत भन्नाले हलिया, कमैया, अपाङ्गता भएका, द्वन्द्व पिडित/सहिद/जनआन्दोलन घाइते परिवारलाई समेत समावेश गरीएको छ ।