काठमाडौं उपत्यकामा निरन्तर वर्षाका कारण नदी र खोलाहरुमा बाढी आएको छ । वर्षाका कारण विष्णुमती, बागमती धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भै रहेको छ । बिभागले नदी तटीय क्षेत्रहरूमा रहेकाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।