बागलुङ : बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन्। घटना स्थलमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक राजाराम खड्काको टोली पुगेर अनुसन्धान सुरु गरेको छ। सोमबार राति बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल एण्ड खाजा घरको तल्लो तलामा पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक)मदन केसीले जानकारी दिए। पौडेल होटलमा मृत फेला परेको भन्दै होटल सञ्चालकले राति १२ बजे वडा अध्यक्षलाई जानकारी गराएका थिए। वडा अध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राती २ बजे प्रहरी चौकी बुर्तिवाङको टोली घटनास्थल पुगेको थियो।