Sunday, September 27, 2026
Home समाचार वर्षमानको स्वास्थ्यमा समस्या, हेलिकप्टर चार्टर्ड गरी ल्याइयो

वर्षमानको स्वास्थ्यमा समस्या, हेलिकप्टर चार्टर्ड गरी ल्याइयो

33

काठमाडौं । रोल्पा पुगेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको छ।

उनको अहिले ललितपुरको सुमेरू अस्पतालमा उपचार भइरहेको उनको निजी सचिवालयले जनाएको छ। उनी गत बुधबार रोल्पा पुगेका थिए। वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि केही महिनाअघि उपचारका लागि गत मंसिर १६ गते चीन गएका थिए। स्वास्थ्यमा सुधार आएपछि पुस ५ गते उनी काठमाडौं फर्किएका थिए।यसअघि गत वर्ष पनि पुनको सुरूमा थाइल्याण्ड र पछि चीनका अस्पतालमा उपचार गरिएको थियो।