नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो छैन : विमलेन्द्र निधी

30

कांठमाडौं : नेपाली कांग्रेसा नेता विमलेन्द्र निधीले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन् मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भए पनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी नेपाली कांग्रेस मात्रै रहेको जिकिर गरे।उनले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा नरहेको बताए। उनले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको बताए।उनले संविधानको सफल कार्यान्वयन र जनता र देशको हितमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको बताए। नेता निधीले एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्ने कुरामा कांग्रेस केन्द्रिय समिति बैठकमा छलफल भएको बताए।