काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताएका छन्।ोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको बताए। उनले भ्रष्टाचार अहिले संघदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको बताए।
उनले अहिले को छ भ्रष्टाचारी नभई को छैन भ्रष्टाचारी? भनेर खोज्नुपर्ने स्थिति देखिएको बताए। उनले अनियमतितामा सरकारले जरैसम्म पुगेर अनुसन्धान गरी दोषीउपर कारबाही गर्नुपर्ने बताए।उनले भने, ‘हामी नै शासन सत्तामा आइसकेपछि फेरि सत्तासीन दलहरुबाट भ्रष्टाचारका घटनाहरु हुन थाले। संसदीय व्यवस्था सँगसँगै पझेरो भित्रियो। सुविधाभोगी हुने प्रवृत्तिको विकास भयो। आज को छ भ्रष्टाचारी होइन, को छैन? भ्रष्टाचारी भनेर खोज्नुपर्ने अवस्था आएको छ।’उपाध्यक्ष पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने देशमा सुशासन कायम हुन नसक्ने बताए।














