इष्ट पोइन्टले गर्यो एसइईमा सहभागी विद्यार्थीलाई सम्मान र बिदाई

311

भक्तपुर  । इष्ट पोइन्ट एकेडेमी स्कुल भक्तपुर कमलबिनायकले २०७९ सालको एसइई परिक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  शनिबार एक कार्यक्रमकाबीच यो बिद्यालयबाट एसइई  सहभागी १७ जना विद्यार्थी सम्मान र बिदाई गरेको हो ।

काभ्रेपलान्चोक जिल्लाको चण्डेश्वरी मन्दिरमा भक्तपुर नगर शिक्षा प्रमुख  के पि कर्माचार्य प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।  नगर शिक्षाका रामेश्वर मचामसी, विद्यालयका शिक्षक, शिक्षिकाहरुको समेत उपस्थिति रहेको  थियो ।

ग्रेडिङ प्रणाली अनुसार  “ए” प्लस ५ जना, ए १० र बि प्लस २ जनाले ल्याएका जानकारी बिद्यालयका प्रधानाध्यापक रमेश चन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।