काठमाडौंमा लघुवित्त पीडितको प्रदर्शन

37

काठमाडौं : लघुवित्त पीडितहरूले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन्। माइतीघरमा जम्मा भइ ३ सयभन्दा बढी लघुवित्त पीडितहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्।गत सातादेखि माइतीघरमा आमरण अनसन बसेका लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीलाई साथ र समर्थन दिन भन्दै आज विभिन्न जिल्लाबाट लघुवित्त पिडितहरु काठमाडौं आइपुगेका हुन्।