बैतडी : भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ।नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति गरेको हो।यसअघि बिहान ७ बजे मात्रै खुल्ने झुलाघाट नाका अब बिहान ६ बजे खोल्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।बैठकले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एकघण्टा अघि खोल्ने सहमति भएको छ। उनले भने, “बैठकमा सहमति भए अनुसार झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र साँझ सात बजे बन्द हुनेछ। यसले दुबै देशका नागरिकलाई सहज हुनेछ। ”














