Saturday, October 3, 2026
Home राजनीति भ्रष्टाचारका फाइल खोलेपछि सानो स्वरमा सरकार ढल्छ भनेको सुन्छु : मन्त्री गुरुङ

भ्रष्टाचारका फाइल खोलेपछि सानो स्वरमा सरकार ढल्छ भनेको सुन्छु : मन्त्री गुरुङ

33

काठमाडौं : कानुन मन्त्री धनराज गुरुङले सरकारले भ्रष्टाचारको फाइल खोल्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार ढल्ने हल्ला फैलाउन थालेको बताएका छन्। शनिबार तमू संघको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारले भ्रष्टाचारका फाइल खोल्दै गर्दा विपक्षीबाट सानो स्वरमा सरकार ढल्छ भनेको सुनेको बताएका हुन् । ‘सरकारको मिसन सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि र जनतालाई डेलिभरी दिनका लागि भ्रष्टाचारका फाइल खोल्दै जाने जो–जो पर्छन् पर्दै जान्छन्। कानुनले यो वा त्यो भन्दैन। कानुनले कुनै धर्म, लिङ्ग, वर्ण, जात र कुनै पार्टी पनि चिन्दैन। सरकार भ्रष्टाचारविरोधी मिसनमा अगाडि बढेको छ।सरकारले भ्रष्टाचारविरोधी फाइल खोल्दै गर्दा सानो स्वरमा सरकार ढल्छ भनेको सुन्छु,’ उनले भने। साथै उनले मिटरब्याज पीडितलाई कारबाही गर्न ल्याएको विधेयक फेल गराउने षडयन्त्र भइरहेको आरोप लगाए। उक्त विधेयको पक्षमा सिंगो कांग्रेस एक ठाउँमा उभिने समेत उनले बताए।