अमेरिकालाई भीम रावलको प्रश्न, एमसीसी कार्यान्वयन गर्न नेताहरूलाई दबाब दिनुपर्ने किन?

20

काठमाडौं : नेकपा एमालेका नेता डा. भीम रावलले नेपालको हितमा र नेपालकै आयोजना भए एमसीसी कार्यान्वयनका लागि अमेरिकाले किन दबाब दिएको भनी प्रश्न गरेका छन्।अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुको भ्रमण र दौडधुपप्रति टिप्पणी गर्दै नेता रावलले तारन्तार आएर ठूला दल दलका नेतालाई भेटेको र एमसीसी कार्यान्वयनका लागि धम्की दिएको भन्दै आपत्ति जनाएका छन्।‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन?’, उनले ट्वीट गरेका छन्, ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नैपर्ने कुराको रहस्य के हो?’

हेर्नुहोस् उनको ट्वीट–

एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्न्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन? अमेरिकी सहायक मन्त्री आउँदा प्रमंदेखि ठूला दलका नेताहरूले ‘भेटवार्ता’ गर्नैपर्ने कुराको रहस्य के हो?
— Bhim Rawal, PhD (@BhimRawal179) July 15, 2023