युक्रेन युद्धःरुसी आक्रमणमा तीन युक्रेनी मारिए

18
सांकेतिक तस्विर

पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन्। नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। भवनवको भग्नावशेषमा धेरै मानिस फसेको आशंका गरिएको छ। रुसी आक्रमणबाट एउटा चारतले भवनमा धेरै क्षति भएको छ भने अन्य ५० वटा आवासीय भवनमा क्षति भएको छ। करिब ५० वटा गाडीमा पनि क्षति भएको छ। केही समय अघि दुई जनालाई भग्नावशेषबाट निकालिएको छ। उद्धार टोलीले भग्नावशेषमा खोजी जारी राखेको छ। क्षेत्रीय प्रमुख म्याक्सिम कोजित्स्कीले पानी आपूर्तिलगायत शहरमा महत्वपूर्ण पूर्वाधार सुविधामा पनि प्रहार भएको बताएका छन्। यद्यपि उनले कुन–कुन पूर्वाधारमा क्षति भयो भन्नेबारेमा विस्तृत विवरण दिएका छैनन्। उक्त आक्रमणबारे रुसी सेनाले कुनै प्रतिक्रिया दिएको छैन।