काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैँछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वविद्यालय विद्येयक २०८० को सबन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशसहितको विद्येयक टेबुल हुनेछ।संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी केही नेपाल संसोधन गर्न बनेको विद्येयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।साथै सो विद्येयकमाथि छलफल भएपछि त्यसमा आएका संसोधनहरु निणायार्थ प्रस्तुत हुनेछ भने त्यस विद्येयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।यस्तै राष्ट्रिय सभाको बैठक पनि आजै बोलाइएको छ। दिउँसो २ः३० बजे बस्ने बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत रूपमा छलफल हुनेछ।सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छलफल हुनेछ।