काङ्ग्रेस बागमती प्रदेशको प्रशिक्षण विभागको प्रमुखमा महर्जन र सचिवमा ढकाल

192

काठमाडौं । नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँले प्रदेशमा बिभागहरु गठनलाई निरंतरता दिएका छन।यसैक्रममा काङ्ग्रेसमा महत्वपूर्ण मानिने प्रशिक्षण विभागमा सोमबार पदाधिकारी तथा सदस्यहरुको विभागका प्रमुख तथा प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जनले मनोनयन गरेका हुन। उपसभापति महर्जनलाई यस अघिनै सभापति बानियाँले बिभागको प्रमुखमा चयन गरिसकेका थिए।संविधान सभा सदस्य समेत रहेका नेता महर्जनलाई प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिइएको थियो। त्यस्तै गरि प्रदेश कार्यसमिति सदस्य ईन्दिरा चौलागाईंलाई उपप्रमुख र सदस्य सचीवमा रामेश्वर ढकाल मनोनयन भएका छन। २५ सदस्यसम्म रहने यस बिभागमा जिल्ला प्रशिक्षण शाखा प्रमुख पदेन सदस्य हुने ब्यवस्था छ।