भक्तपुर । भक्तपुरको गुण्डुमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति ९ बजे सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
गुण्डुबाट पाण्डुबजार जाँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्णकुमार त्वाती गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि डा. इवामुरा अस्पतालमा लगिएको थियो।
त्यहाँ उपचारको क्रममा साढे ९ बजे मृत्यु भएको डिएसपी पाठकले बताए।
उनकी १९ वर्षीया छोरी अनिता पनि सामान्य घाइते भएकी थिइन्। उपचारपछि उनी डिस्चार्ज भइसकेकी छन्। यशबारेमा घटनाको अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ।