Friday, October 9, 2026
Home समाज खोलाले बगाएर एक महिलाको मृत्यु

खोलाले बगाएर एक महिलाको मृत्यु

86
सांकेतिक तस्विर

बाजुरा : जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा– ३ र ४ वडामा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–४ ग्वानी बस्ने संगिता बोगटी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए। उनले दिएको जानकारीअनुसार बोगटी मार्तडीबाट घर फर्किने बेला खोला तर्ने क्रममा बगाएर २० मिटर तल मृत अवस्थामा फेला परेकी हुन्। स्थानीयले महिलालाई खोलाले बगाएको खबर गरेपछि प्रहरीको टोली गएर खोजी गर्दा मृत अवस्थामा फेला पारेको प्रहरी नायब उपरिक्षक बोहराले जनाए।