रास्वपा कार्यालय अब बालाजुमा, कति छ घरभाडा ?

107

काठमाडौं । मासिक ३ लाख ५० हजार भाडा तिर्ने सम्झौता गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय सर्ने भएको छ। आगामी असार ७ गते पार्टी स्थापनाको दिन पारेर बसुन्धराबाट बालाजु सार्न लागिएको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

बालाजुमा डा. भरतमणी देवकोटाको घरमा मासिक ३ लाख ५० हजार भाडा तिर्ने सम्झौता गरेर कार्यालय सार्न लागिएको हो। अहिलेको कार्यालय सानो भएकाले सार्न लागिएको हो।सर्न लागिएको ५ तले भवनमा केन्द्रिय समितिको सबै बैठक गर्न पर्याप्त स्थान हुनेछ।