भक्तपुर । इष्ट पोइन्ट एकेडमी स्कुलले हरेक महिनामा अभिभावक भेटघाट हुने भएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा रहेको उक्त विद्यालयले प्ले ग्रुपदेखि कक्षा एकसम्मका अभिभावकलाई नियमित भेटघाट कार्यक्रम राख्ने भएको हो । घरबाट खाजा ल्याउदा जंकफुड ल्याउने हुदाँ विद्यालयले खाजा व्यवस्थापन गरेपछि निकै राम्रो भएको एक अभिभावकले उक्त भेटघाट कार्यक्रममा बताए ।
‘आज शनिबार भएको भेटघाटमा आउनु भएका अभिभावकहरुले धेरै राम्रो सुझाव दिनु भएको छ, त्यो कार्यान्वयन गरि विद्यालयलाई अझै गुणस्तरीय बनाउने छौं,’ स्कुलका प्रधानाध्यपक रमेशचन्द्र श्रेष्ठले भने ।
विद्यालयलक प्रअ श्रेष्ठले यस्ता भेटघाट र बैठकले सकारात्मक सुझाव आउने र अभिभावकहरुले पनि आफ्ना बाबुनानीले विद्यालयमा के गरिरहेका छन् थाहा पाउने बताए । ‘शिक्षक अभिभावक र विद्यालयकबीचको सम्बन्ध बिस्तार गर्न हामीले हरेक महिना यस्तो कार्यक्रम राख्ने तयारी गरेका छौं’ प्रअ श्रेष्ठले भने ।
विद्यार्थीको पढाईसंगै अन्य रचनात्मक कार्यमा समेत सहभागीता गराउँदैं आएको छ ।













