काठमाडौं : न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ।आयोगले सूचना जारी गर्दै आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, २ महिला, २ आदिवासी–जनजाति, २ मधेशी र १ दलित गरी २९ जनाका लागि दरखास्त आह्वान गरेको हो। विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तिर्नुपर्ने हुन्छ।
हेर्नुहोस् विज्ञापन