३०औँ मदन–आश्रित स्मृति दिवस मनाउँदै

34
e08f/Lsf] zflnsdf k"j{/fi6«klt e08f/Låf/f dfNofk0f{ sf7df8f}F, # h]7 M k"j{/fi6«klt ljBfb]jL e08f/L a'waf/ Dfbg e08f/L–hLj/fh cfl>t :d[lt lbj;sf] cj;/df sf]6]Zj/l:yt dbg afl6sfdf /x]sf] dbg e08f/Lsf] zflnsdf km"n dfnf;lxt dfNofk0f{ ub}{ . tl:a/ M z/b zdf{÷/f;;

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन्। मदन–आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन्।पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरिन्। उद्यानमा उनले स्वामीको बिरुवा रोपिन्। पूर्वराष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत बिरुवा रोपे। यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत अवलोकन गरिन्। २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो। नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले विभिन्न कार्यक्रम गरी ३०औँ मदन–आश्रित स्मृति दिवस मनाउँदैछन्।