आजदेखि दुई साता मेलम्चीको पानी वितरण बन्द

102

काठमाडौं । मेलम्ची खानेपानी आयोजनले दुई साताका लागि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ।
बाढीले क्षतिग्रस्त तुल्याइको हेडवर्क्समा उपकरण आदि राख्नका लागि पानी पथान्तरण रोकिएको परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले ानकारी दिए।
२०७८ असार १ र साउन १६ गते भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्चीको बाँध क्षेत्र लगायत संरचना तहसनहस बनाएको थियो। सरकारले दुई वर्षदेखि अस्थायी तवरले काठमाडौंमा पानी पथान्तरण गररिहेको छ। बाढी लगत्तै परियोजनाले चैत मसान्तमा काठमाडौंमा पानी पठाएको थियो भनेर यस वर्ष मंसिरदेखि नै पानी आइरहेको छ। ‘अहिले पानी ल्याइरहेको प्रणालीभित्र ठुल्ठूला ढुंगा नपसोस् भनेर हामीले केही उपकरण राख्न लागेका हौं,’ पन्तले भने, ‘उपकरण राख्न करिब दुई साता लाग्छ। यो उपकरण राखेपछि हामी वर्षायाममा पनि पानी पथान्तरण गर्न सक्छौं।’