चितवन। बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले दुई शिक्षकलाई निलम्वन गरेको छ । वुधबार दिउँसो परीक्षा दिइरहेकी पाल्पा रामपुर नगरपालिका-४ स्थायी घर भएकी २३ वर्षीया सिम्रन थापालाई कलेजका शिक्षकले चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए । परीक्षा हलबाट निकालिएकी थापाले भरतपुर-१०मा रहेको भाडाको घरको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्। विद्यार्थीहरुले शिक्षकले तनाव दिएको र सो तनावकै कारण आत्महत्या गरेको आरोप लगाएका छन्। घटनाको विषयलाई लिएर विद्यार्थीहरुले डेन्टलको ओपीडी सेवा बन्द गरेका थिए ।