कोरोनाबाट एकको मृत्यु, ८२ जनामा संक्रमण

21
फाइल तस्विर

काठमाडौँ । नेपालमा ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ४९४ पीसीआर र १ हजार १४० गरी कुल १ हजार ६३४ नमुना परीक्षणमा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । हाल सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । देशभर आईसीयूमा ५ र भेन्टिलेटरमा १ जना कोभिड संक्रमित उपचाररत छन् । कोभिडबाट एक जनाको मृत्यु भएको छ ।