आज सेयर बजारमा गिरावट

25

आज सेयर बजारमा गिरावट
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार राताम्मै भएको छ । यसअघि मंगलबार १७.३६ अंकले बढेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ को विन्दुमा झरेको छ । बुधबार सबै उपसूचकहरु ओरालो लागेको छ ।

यसैगरी, २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर कारोबार हुँदा ८४ करोड ७० लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । सबभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड रुपैयाँको सेयर किनबेच भएको हो। यसैगरी तारागाँउ रेजेन्सी होटलको ३ करोड ९० लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ ।