रास्वपाको सांसद संख्या २१

39

काठमाडौं । उपनिर्वाचनमा तनहुँ-१ बाट स्वर्णिम वाग्लेको विजयसँगै प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट बढेको छ । अब रास्वपाका २१ सांसद हुनेछन् ।
पार्टी गठनको पाँच महिनामै आम निर्वाचनमा सहभागी भएको रास्वपाले गत मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी प्रतिनिधिसभामा २० सिट जितेको थियो । रविको सांसद पद खारेज भएपछि रास्वपाको १९ सिट थियो । उपनिर्वाचनमा चितवन २ र तनहुँ १ बाट वाग्लेले जितेपछि २१ सिट भएको हो । बारा २ मा भने रास्वपाका रमेश खरेल प्रतिस्पर्धामा धेरैपछि रहेकाले अब जित्ने सम्भावना छैन ।