‘म भित्र ज्वाला बलेको छ। तर, संयमित भएको छु,…रवि

25

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रको कुरा गर्ने राजनीतिक दलहरूलाई इतिहासले मूल्यांकन गर्ने बताएका छन्। आइतबार चितवनको भरतपुर–११ स्थित नयाँकिरण माविमा अवलोकनका लागि पुगेका उनीमाथि हुलहुज्जत भएपछि फेसबुक लाइभमार्फत लोकतन्त्रको सुन्दर पक्षलाई नजरअन्दाज, हुलहुज्जत गरे इतिहासको मूल्यांकन गर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘सबैजनालाई संयमित हुनुहोला। यतिखेर हामीसँग मतदान बाहेक विकल्प छैन। लोकतन्त्रको सुन्दर पक्ष मतदान हो। अन्य राजनीतिक दलले के तयारी गरिरहेका छन् थाहा छैन। राजनीतिक दलहरूलाई लोकतन्त्रको सुन्दरताको कुरा गरिरहनुभएको छ। यो पक्षलाई नजरअन्दाज, हुहुज्जत गर्नुभयो भने इतिहासको मूल्यांकन गर्नेछ।’ सभापति लामिछानेले अन्य राजनीतिक दलहरूको गलत हर्कतलाई चितवन वासीले हेरिरहेकाले एक माघले जाडो नजाने चेतावनी दिएका छन्। ‘साथीहरू एक माघले जाडो जाँदैन। चितवन बासीले तपाईंहरूलाई हेरिरहेका छन्। हामीले मतदाताको भरमा ममाथि भएको षड्यन्त्र र घेराबन्दीलाई मतदाताले हेरिरहेका छन्,’ उनले भनेका छन्। ‘मभित्र ज्वाला बलेको छ। तर, संयमित भएको छु। तपाईंहरू पनि संयमित रहनुहोला,’उनले भने।