भारतको कारण निर्माणाधीन हुलाकी सडक अलपत्र

81

काठमाडौं । महेन्द्रनगर– कञ्चनपुरको दक्षिणी क्षेत्रमा निर्माणाधीन हुलाकी सडकको डेढ किलोमिटर सडक निर्माण चार वर्षदेखि अलपत्र छ । डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर सडकमध्ये ३६ किलोमिटर भने कालोपत्र भइसकेको छ । तीन चरणमा निर्माण भइरहेको उक्त सडकको पहिलो चरणअन्तर्गत ९डोकेबजारदेखि बेलौरीसम्म०को निर्माण अन्तिम चरणमा भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले जनाएको छ । दोस्रो र तेस्रो खण्डको निर्माण सुस्त गतिमा भइरहेको कार्यालयका प्रमुख सविन जोशीले बताए। उनले बेलौरी नगरपालिका-८ पचुँइ क्षेत्रमा एक हजार छ सय मिटर सडक सीमा विवादका कारण निर्माण रोकिएको बताए ।

वर्षौँदेखि भारतीय पक्षले अवरोध गरेकाले निर्माण रोकिएको प्रमुख जोशीको भनाइ छ । ‘भारतीय पक्षले सो क्षेत्रमा सीमा पिल्लर नभएको दाबी गरेपछि सीमा यकिन नहुँदा पक्की संरचना बनाउन रोक्दै आएको छ’, उनले भने, ‘भारतीय पक्षसँग जिल्लास्तरमा हुने सीमा बैठकमा समेत यो विषयमा छलफल भए पनि समाधान अझै भएको छैन् ।’‘उक्त सडक दशकौंँदेखि हामीले नै भोगचलन गर्दै आएका छौँ । भारतीय पक्षले सीमा पिल्लर हराएको दाबी गरेकाले नेपाल-भारत संयुक्त सर्वे टिममार्फत समाधान गरेर अघि बढ्नुपर्ने देखिन्छ’, प्रमुख जोशीले भने ।