Sunday, September 27, 2026
Home समाचार जिप दुर्घटनाः ६ जनाको मृत्यु

जिप दुर्घटनाः ६ जनाको मृत्यु

54
फाइल तस्विर

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ को मृत्यु भएको छ । मंगलबार राति करिब ११ बजेर २५ मिनेट जाँदा जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा से १ ज ७६४ नम्बरको जिप दुर्घटनामा परेको हो ।मृत्यु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । उनीहरू सबै एकै गाउँका रहेको पनि प्रहरीको भनाई छ । त्यस्तै जिपमा सवार अन्य ५ जनाले हामफालेर ज्यान बचाएका छन् । चालक भने फरार रहेको प्रहरीको भनाइ छ । उक्त जिप बझाङको बाग्थलातर्फ जाँदै गर्दा अन्यन्त्रित भइ दुर्घटनामा परेको बताइएको छ ।