धर्मगुरु दलाई लामाले मागे माफी

47

काठमाडौँ । तिब्बती धर्मगुरु दलाई लामाले एक बालकलाई चुम्बन गरेको श्रव्य दृश्य सामग्री सार्वजनिक भएको छ । उक्त भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भएका कारण लामाले सार्वजनिक रूपमा माफी मागेका छन् ।

भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासनमा रहेका धर्मगुरु दलाई लामाले एक बालकलाई ओठमा चुम्बन गरेपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त घटनाप्रति खेद व्यक्त गर्दै दलाई लामाद्वारा जारी वक्तव्यमा उल्लेख छ, ‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु ।’