काठमाडौं । कैलालीमा आइतबार सु.प प्र ०१००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। चुरे गाउँपालिकाको-६ भिमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा जिप दुर्घटना हुँदा भएको हो। चुरे गाउँपालिका-६ का वर्ष १८ का भानु ठकुन्नाको निधन भएको हो।
इलाका प्रहरी कार्यालय फलटुडेका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फर्किरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन्। जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडी दुर्घटना भएको खुलेको छ। गाडी चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।