दुर्गा प्रसाईँसँग २ करोड माग्ने रास्वपाका सांसद श्रेष्ठलाई कारबाही

41

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ ।

रास्वपाले स्वास्थ्य मन्त्रालय पाउने भएपछि श्रेष्ठको नाम चर्चामा थियो । उनले आफू स्वास्थ्य मन्त्री बन्ने भएपछि पार्टी सभापति रबी लामिछानेलाई २ करोड दिनु पर्ने बताउँदै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग उक्त रकम मागेका हुन् ।

उनले प्रसाईँसँग मागेको २ करोडको अडियो बाहिरिएपछि उनलाई पार्टीको हित विपरीत काम गरेको भन्दै पार्टीले कारबाही गर्ने तयारी गरेको हो ।

उनले प्रसाईँसँग भनेका छन्, ‘हाम्रो भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयो । मन्त्रीका लागि रवि सरलाई २ करोड बुझाउनुपर्ने कुरा आएको छ । मसँग पैसा छैन । अहिले एक करोड जति दिँदा हुन्छ । एक करोडचाहिँ चेक दिँदा पनि हुन्छ । त्यसैले अलिकति सहयोग चाहिएको छ ।’

प्रसाईँले जवाफमा २ करोड दिने ग्यारेन्टी समेत लिएका छन् । श्रेष्ठलाई कारबाही गरिएको पत्र पार्टीले संसद सचिवालयलाई पठाउने तयारी समेत गरेको छ ।